अन्तर्राष्ट्रिय

मेक्सिको सीमामा थप सैनिक परिचालन

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप दुई हजार एक सय सेना परिचालन गर्न लागेको जनाएको छ। आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमाबाट अवैध आप्रवासीको अमेरिका आगमनमा कडाइ गर्ने घोषणा गरे यता मेक्सिको सीमाक्षेत्रमा अमेरिकी सैनिकको संख्या बढ्दै गएको छ। थप हुने सेनासहित अब सीमाक्षेत्रमा करिब छ हजार छ सय सैनिक तैनाथ हुनेछन्। सैनिकहरुले अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनलाई सुरक्षा कार्यमा मद्दत गर्नेछन्।

राष्ट्रपति ट्रम्पले सन् २०१८ को अप्रिलमा नेसनल गार्डमा आबद्ध सैनिकलाई सीमाक्षेत्रमा तैनाथ गर्नेगरी आदेश दिएका थिए।सन् २०१८ कै अक्टोबरमा पनि ठूलो संख्यामा अमेरिकी सेना मेक्सिकोको सीमाक्षेत्रमा पठाइएको थियो। विशेषगरी मध्यअमेरिकी राष्ट्रहरुबाट ठूलो संख्यामा आप्रवासी अमेरिका प्रवेश गर्न थालेको भन्दै त्यसलाई रोक्न ट्रम्प प्रशासनले सैनिक परिचालन गरेको हो।

 

प्रकाशित: ३ श्रावण २०७६ ०३:३१ शुक्रबार

रक्षा_मन्त्रालय मेक्सिको सीमा सैनिक