अन्तर्राष्ट्रिय

मुम्बईमा भवन भत्किँदा ५० जना फसेको आशङ्का

मुम्बई- भारतको मुम्बई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ। स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन्।

प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छै्न्। सिन्हवा

प्रकाशित: ३१ असार २०७६ १०:०६ मंगलबार

मुम्बई भवन_भत्कियाे