अन्तर्राष्ट्रिय

पर्यटकका लागि अन्तरिक्ष स्टेशन खोल्दै नासा, कहिलेदेखि जान पाइन्छ?

अन्तरिक्षमा घुम्न चाहनेहरुको लागि नासाले एउटा विशेष सुविधाको व्यवस्था गर्दैछ। योसँगै पर्यटकलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जाने अनुमति समेत दिइनेछ।

नासाले अब अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा जाने अनुमति दिनको लागि तयारी गरिरहेको छ। नासाले सन् २०२० बाट अन्तरिक्ष पर्यटनसहित व्यवसायिक योजनाहरुको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन खोल्ने घोषणा गरेको थियो। सो घोषणा उसले ७ जुनमा गरेको हो।

यसमा जानका लागि यात्रीहरुले धेरै मूल्य तिर्नुपर्ने हुन्छ। अन्तरिक्षमा एक रातको ३५ हजार अमेरिकी डलर खर्च गर्नु पर्छ। अहिलेसम्म नासाले यस्तो प्रयोगशाला वैज्ञानिक हितका लागि मात्र प्रयोग गर्दै आएको थियो। तर रसियाले भने आफ्नो अन्तरिक्ष प्रयोगशालालाई वाणिज्य गतिविधिहरुको लागि पनि खुल्ला गरेको छ। नासाले यस्तो कामलाई धन कमाउने एउटा व्यवसायको रुपमा हेरेको छ। नासाको योजना अनुसार धेरै भन्दा धेरै दुईवटा साना अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्षमा जान र तीस दिनसम्म त्यहाँ बस्न सक्नेछन्।

प्रत्येक यात्रीको लाग्ने खर्च लगभग ५० करोड प्रति सिट हुन सक्ने न्यूयोर्क नासाका मुख्य वित्तीय अधिकारी जेफ डेविटले अनुमान गरे। उनका अनुसार यात्रीहरुको व्यवस्थाको जिम्म्मेवारी स्पेशएक्स एण्ड बोइँग कम्पनीलाई दिइनेछ। केन्द्रमा बस्न, खान र सञ्चार गर्ने व्यवस्थाको जिम्मेवारी भने नासाले लिएको छ। जिम्मेवारी लिएसँगै नासाले यात्रीहरुबाट पैसा पनि लिनेछ। जुन करिब ३५ हजार डलर प्रति यात्री तोकिएको छ।

यसको साथै नासाले यो पनि भनेको छ कि प्रति १२ वर्ष भन्दा धेरै निजी अन्तरिक्ष यात्री आइएसएसमा जान सक्ने छन्। यी यात्रीहरुलाई विशेष रुपबाट नासाको लागि ढुवानी वाहनको विकास गर्ने दुई कम्पनीद्धारा अर्बिटरको लागि छोडिने छ। स्पेस एक्सको लागि क्रू डै«गन क्याप्सुल र बोइंग कम्पनीहरुले आईएसएसको यात्राका लागि ग्राहक र बिलको चयन गर्ने छ।

विचारणीय पक्ष त यो हो कि अन्तरिक्ष स्टेशन नासासँग सम्वन्धित भने छैन्। यसलाई रसियासँग मिलेर १९९८ मा बनाइएको थियो। र अन्य देशहरुले यस मिसनमा भाग लिएका थिए। उनीहरुले आफ्ना अन्तरिक्ष यात्रुहरुलाई अन्तरिक्षमा पठाउँछन्। तर अमेरिकाले आर्विटर बनाउनका लागि धेरैजसो मड्युलको भुक्तानी र नियन्त्रण गर्छ।

आईएसएसको लागि अन्तरिक्ष पर्यटक नयाँ विषय भने होइन। यो भन्दा पहिले अमेरिकी व्यवसायी डेनिस टीटो सन् २००१ मा अन्तरिक्ष पर्यटकको रुपमा पुगिसकेका छन्। आज भन्दा करिब १८ वर्ष पहिले उनले यात्राका लागि रसियालाई २० मिलियन अमेरिकी डलर तिरेका थिए। एजेन्सी

प्रकाशित: २६ असार २०७६ ०८:१९ बिहीबार

अन्तरिक्ष नासा पर्यटक