अन्तर्राष्ट्रिय

पाकिस्तानमा एक पत्रकारको गोली हानी हत्या

हत्या गरिएका पत्रकार मुरीद अब्बास ।तस्बिर: उनकाे फेसबुकबाट

काठमाडौं - पाकिस्तानको एक समाचार संस्थामा कार्यरत पत्रकारको गोली हानी हत्या भएको छ। बुल न्युजमा कार्यरत मुरीद अब्बास कराची स्थित स्थानीय  क्याफे अगाडि मंगलबार साँझ गोली हानी हत्या भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे।

जियो न्युजका अनुसार सेतो कारमा आएका व्यक्तिले उनीमाथि गोली प्रहार गरेका हुन्। पत्रकारमाथि गोली चलाउने आक्रमणकारीले आफैमाथि पनि गाेली चलाएर घाइते भएकाे समाचारमा जनाइको छ। आक्रमणकारीको नाम आतिफ जमा रहेको जनाइएको छ। आफ्नै आक्रमणबाट घाइते आक्रमणकारीको उपचार भइरहेकाे छ।

प्रकाशित: २५ असार २०७६ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App