अन्तर्राष्ट्रिय

‘सबै मोदी चोर’ भनेपछि लागेको मानहानी मुद्दामा राहुललाई जमानत

नयाँ दिल्ली– लोकसभा चुनावमा प्रचारको क्रममा ‘सबै मोदी चोर’ भन्ने विवादास्पद अभिव्यक्तिलाई लिएर आज उच्च अदालत पटनाले भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलाई मानहानीको मुद्दामा जमानत दिएको छ।

विहारका उपमुख्यमन्त्री सुशील मोदीले उनलाई मानहानीको मुद्दा लगाएका थिए। गान्धीले दश हजार भारतीय रुपैयाँ जमानतमा सफाइ पाएका हुन्।

यसअघि पत्रकार गौरी लंकेशको हत्याको समयमा दिएको अभिव्यक्तिमा पनि उनलाई मानहानीको मुद्दा लगाइएको थियो। यद्यपी, सो मुद्दाबाट पनि उनले मुक्ति पाइसकेका छन्।

त्यस्तै गान्धीविरुद्ध यही महिना गुजरातमा अलग अलग मानहानी मुद्दामा तीन पेशी रहेका छन्।

 

प्रकाशित: २१ असार २०७६ १०:०२ शनिबार

राहुल_गान्धी मानहानी भारतीय_कांग्रेस जमानत