अन्तर्राष्ट्रिय

केन्यामा सफारी र्‍याली पुनर्जीवित

नैरोबी- केन्याका राष्ट्रपति उहुरु केन्याटाले सफारी र्‍यालीको शुक्रबार विधिवत रुपमा शुभारम्भ गरेका छन्। विश्व र्‍याली प्रतिस्पर्धामा सहभागी हुनेगरी यस र्‍यालीमा ५१ वटा कार सहभागी हुँदैछन्।

राष्ट्रपति केन्याटाले केन्यालाई विश्वभर परिचित गराउन यस सफारी र्यालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। बेलायती महारानी एलिजाबेथको राज्याभिषेकका अवसरमा सन् १९५३ देखि यो र्‍याली हरेक वर्ष आयोजना गरिन्छ। विश्व र्याली च्याम्पियनसीपकै एक हिस्साका रुपमा सन् २००२ सम्म केन्याको र्‍यालीलाई समावेश गरिन्थ्यो तर बजेट अभाव र सरकारी सहयोगको कमीका कारण यस र्यालीलाई स्थगित गरिएको थियो। तर अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडेरेसन (एफआईए) का अध्यक्ष जाँ टोड्टले सन् २०१५ मा राष्ट्रपति केन्याटासँग भेटवार्ता गरेपछि केन्याली सफारी र्‍याली पुनः जीवित भएको हो।

केन्याली सफारीले मान्यता पाएसँगै सन् २०२० को विश्व च्याम्पियनसीपमा केन्याली कार चालकहरुले भाग लिन पाउनेछन्। सिन्ह्वा

प्रकाशित: २० असार २०७६ १५:१४ शुक्रबार

केन्या राष्ट्रपति सफारी