अन्तर्राष्ट्रिय

तालिबान लडाकुद्वारा एउटा जिल्ला कब्जा

काबुल – अफगानिस्तानमा हत्या हिंसा जारी राखेको तालिबान समूहले एउटा उत्तरी जिल्ला कब्जा गरेका छन्।उनीहरुले मंगलबार बिहान उत्तरी अफगानिस्तानस्थित उत्तरी क्वास टेपा जिल्ला कब्जा गरेको घोषणा गरेका थिए। जवाजान प्रान्तको सो जिल्ला आफूहरुले कब्जा गरेको उनीहरुले घोषणा गरेका थिए। उक्त समाचारको सो प्रान्तका प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले पनि पुष्टि गरेका छन्।

उनीहरुले केही दिन यतादेखि सो जिल्ला कब्जाका लागि हमला गर्दैै आएका थिए। यस विषयमा थप जानकारी दिइएको छैन तर सरकारी अधिकारीले भने आगामी केही दिनमा नै आफूहरुले तालिबानविरुद्ध थप आक्रामक कारबाही गरी सो जिल्ला फिर्ता ल्याउने बताएका छन्। प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले भने, ‘अफगान राष्ट्रिय सेनाले यस विषयमा गृहकार्य गर्नेछ र केही दिनमै उनीहरुको कब्जाबाट जिल्ला फिर्ता ल्याउने छ।’

 

प्रकाशित: १९ असार २०७६ ०१:५४ बिहीबार

कब्जा तालिबान गृहकार्य