अन्तर्राष्ट्रिय

पूर्वराष्ट्रपति पत्नीको जन्मोत्सव भोजमा ८० जना बिरामी

मनिला- पिलिपिन्सका पूर्वराष्ट्रपति फेर्डीनान्ड मार्कोसकी श्रीमती इमेल्डा मार्कोसको ९०औं जन्मोत्सवका अवसरमा आयोजित भोजमा सहभागी ८० जना बिरामी भएका छन्।

राजधानी मनिलादेखि नजिकै रहेको पासिग शहरमा भएको भोजमा सहभागी भएका मध्ये केहीलाई पेटसम्बन्धी समस्या र बान्ता भइरहने समस्या भएको अधिकारीहरूले जनाएका छन्।

प्रारम्भिक अनुसन्धानले भोजमा राखिएको कतिपय खाद्यपदार्थमा विषाक्त चिज रहेकाले उनीहरूको स्वास्थ्यमा समस्या देखिएको पासिग शहरका प्रहरी प्रमुख रिजालिटो गापासले जानकारी दिए।

उनले सो जन्मोत्सव भोजमा २५ सय भन्दा बढी सहभागी भएको पनि बताए। बिरामी भएकालाई प्राथमिक उपचार गराइएको बताइएको छ। सिन्हा

प्रकाशित: १८ असार २०७६ १५:५४ बुधबार

पूर्वराष्ट्रपति पत्नी जन्मोत्सव बिरामी