एजेन्सी - अमेरिकामा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरेपछि टेक्सासमा उक्त विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार यो दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान थियो जुन डलासबाट ३२ किलोमिटर टाढा एडिसन एयरपोर्टमा विमान ९ बजे दुर्घटनाको शिकार थियो।
फेडेरल एभियशन एडमिनिस्ट्रेशन ९एफएए० का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो । त्यसलगत्तै विमानमा आगो लाग्यो ।
प्रकाशित: १६ असार २०७६ ०६:१४ सोमबार