अन्तर्राष्ट्रिय

भारत : कांग्रेस प्रवक्ताको गोली हानी हत्या

काठमाडाैँ -  भारतीय कांग्रेस प्रदेश प्रवक्तालाई गोली हानेर हत्या गरिएको छ।  हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएको हो। कारबाट गइरहेको बेला चौधरीमाथि दुईजनाले गोली हानेको इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ।

गोली लागे लगत्तै अस्पताल पुु¥याइएका चौधरीको शरीरमा कम्तिमा १० गोली लागेको बताइएको छ। इण्डियन एक्सप्रेसका अनुसार बुधबार बिहान ९ बजे गोली लागेर गम्भीर घाइते भएका उनलाई ततकालै अस्पताल लगिएको भए पनि डाक्टरले बचाउन सकेनन्। व्यक्तिगत रिसीबिका कारण चौधरीको हत्या गरिएको हुन सक्ने फरिदाबाद प्रहरीका सुुबे सिंहले जनाएका छन्।

 

प्रकाशित: १२ असार २०७६ ०७:५३ बिहीबार

प्रवक्ता भारतीय_कांग्रेस गोली हत्या