अन्तर्राष्ट्रिय

चिनियाँ कम्पनीलाई फाइभ-जीका २५ सम्झौता

शेनजेन– चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ। कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि जनाएको छ।

कम्पनीले हाल चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम, ओरेन्ज, टेलिफोनिका, इटालीको विन्ड ट्रे र इन्डोनेसियाको टेल्कमसेलसँग सहकार्य गरिरहेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा तिब्र गतिको इन्टरनेट प्रदान गर्नेगरी पाँचौं पुस्ताको फाइभ–जी प्रविधिको अनुसन्धानलाई थप सुदृढ गरेको उल्लेख छ।

स्मार्टफोन, राउटर, मोबाइल हटस्पट र डाटा टर्मिनल समेतका क्षेत्रमा पनि कम्पनीले धेरैवटा कम्पनीसँग साझेदारी गरिरहेको छ। सिन्ह्वा

प्रकाशित: १० असार २०७६ १०:२७ मंगलबार

चिनियाँ_दूरसञ्चार_कम्पनी_जेडटीई_कर्पोरेसन फाइभ–जी_सम्झौता