अन्तर्राष्ट्रिय

लोकसभामा भारतीय कंग्रेसको माग, 'अभिनन्दनको जुँगालाई 'राष्ट्रिय जुँगा' घोषित गरियोस'

नयाँ दिल्ली– लोकसभामा भारतीय कांग्रेसका सांसद रंजन चौधरीले अभिननदन वर्धमानकाे जुँगालाई 'राष्ट्रिय जुँगा' घोषित गर्न माग गरेका छन्।

लोकसभामा राष्ट्रपतिको संवोधनबारे चर्चा चलिरहँदा कांग्रेस सांसद चौधरीले यस्तो अनौठो माग राखेका हुन। उनले भारतीय वायुसेनाका विंग कमाण्डर अभिननदन वर्धमानलाई पुरस्कारको माग गरेका थिए। तर, उनी यतिमै रोकिएनन्। उनले वर्धमानको जुँगालाई 'राष्ट्रिय जुँगा' बनाउन समेत मोदी सरकार समक्ष माग राखे।

उनले भने ' बालाकोटमा वायु सेनाले जुन स्ट्राइक गरेको छ, त्यसको कंग्रेस समर्थन गर्छ।' उनले आफ्नो मन्तव्यमा वायुसेनाका विंग कमाण्डर अभिननदन वर्धमानलाई सम्मानित गर्नुपर्ने माग गर्दै उनको जुँगालाई 'राष्ट्रिय जुँगा' घोषणा गर्न समेत माग गरेका हुन्।

प्रकाशित: ९ असार २०७६ ११:१३ सोमबार

रंजन_चौधरी लोकसभा