अन्तर्राष्ट्रिय

रेल दुर्घटनामा चारको मृत्यु एक सय घाइते

ढाका– उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्।

बङ्गलादेशको राजधानी ढाकाबाट २ सय ३ किल्लो मिटर टाढा रहेको माउल्भिबाजार जिल्लामा सो दुर्घटना भएको छ। स्थानीय समायानुसार आइतबार राती ११ः५० बजे सो दुर्घटना भएको अग्नी नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले सिन्हवा समाचार समितिलाई जानकारी दिएका छन्। राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्वा पटरीबाट छुट्टिएर सो घटना भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

उद्धारकार्य जारी रहेको र मृतकहको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। रासस

प्रकाशित: ९ असार २०७६ ०७:३६ सोमबार

बङ्गलादेश रेल_दुर्घटना