अन्तर्राष्ट्रिय

किसानले बनाए रुखमा चढ्ने बाइक

कर्नाटक– मंगलुरुका नरिवल र सुपारी किसान गणपति भट्टले रुखमा चढ्ने बाइक बनाएका छन्।

नरिवल र सुपारीको रुखमा चढ्न किसानलाई गाह्रो हुन्छ। फल टिप्दा, औषधी राख्दा, तथा काटछाँट गर्दा समस्या हुने गरेको छ। यीनै किसानहरुको समस्या समाधान गर्न यो बाइकको निर्माण गरिएको गरिएको भट्टले बताए।

उक्त बाइक प्रति घन्टा ६०–८० किमिको गतिमा नरिवल र सुपारीको रुखमा उक्लिनेछ। यो बाइकको तौल २८ केजी भएपनि ८० केजी वजन बोक्न सक्ने बताइएको छ। एक लिटर पेट्रोलले औषत ८० वटा रुख चढ्न सक्ने बताइएको छ।

बाइकको सफल परिक्षण गरेपछि खुसी हुदै भट्टले भने ‘किसानलाई रुखमा चढ्न १०–१५ मिनेट लाग्ने गरेको थियो। अब बाइकबाट एक मिनेटमै चढ्न सकिन्छ। यो जानकारी किसानले पाएपछि खरिद गर्न मलाई फोन गरिरहेका छन्।’ एजेन्सी

प्रकाशित: ३ असार २०७६ १३:०५ मंगलबार

किसान नरिवल_सुपारी बाइक