अन्तर्राष्ट्रिय

पाकिस्तानमा नयाँ आइएसआई प्रमुख नियुक्त

इस्लामावाद– पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ।

पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ। लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त भएका मुनिरलाई आठ महिनापछि नै हटाइएको छ। हमिदले यसअघि आइएसआईको प्रतिजासुसी विभागको प्रमुखका रुपमा सेवा गरिसकेका छन्। उनी गत अप्रिल १२ मा लेफ्टीनेन्ट जनरलमा पदोन्नति भएका थिए।

सन् १९५० मा स्थापना भएको आइएसआईलाई पाकिस्तानी हित र राष्ट्रिय सुरक्षाका मामिलामा देश भित्र र बाहिर गुप्तचरी गर्ने प्रमुख जिम्मेवारी दिइएको थियो। यसको प्रधान कार्यालय हाल इस्लामावादमा रहेको छ। रासस

प्रकाशित: २ असार २०७६ ०९:३४ सोमबार

पाकिस्तान आइएसआई