अन्तर्राष्ट्रिय

‘साउदी अरब युद्ध चाहँदैन’

रियाद – साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन् । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा युवराज सलमानले कसैको दबाबमा साउदी अरबले कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पारेका छन् ।

‘यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महŒवपूर्ण चासोको विरुद्धमा दिइने दबाबबाट हामी पछाडि हट्ने छैनौं,’ अन्तर्वार्ताका क्रममा युवराज सलमानले बताए ।

इरानको हालैको गतिविधिलाई लक्षित गर्दै युवराज सलमानले यस्तो धारणा राखेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।यमन संकटका बारेमा सोधिएको प्रश्नमा उनले राजनीतिक तरिकाले सो संकट समाधान गर्नु पर्नेमा जोड दिए ।

युवराज सलमानले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई आधार बनाएर अमेरिकासँग रणनीतिक सम्बन्ध कायम गर्नुपर्ने धारणा पनि अन्तर्वातामा राखेका छन् । साउदी पत्रकार जमाल खसोग्गीको पीडादायी हत्याका सम्बन्धमा गरिएको प्रश्नमा राजकुमार सलमानले भने, ‘साउदी अरबले पूर्णन्याय र विश्वसनीयता चाहेको छ ।’ ‘कपिपयले यसलाई राजनीतिक रूप दिन खोजेका छन्, त्यसलाई रोकौं बरु प्रमाणहरु छन् भने अदालतमा पेस गरौं,’ उनले बताए ।

प्रकाशित: २ असार २०७६ ०२:४३ सोमबार

मोहम्मद_बिन_सलमान_अल_साउद अरब युद्ध