अन्तर्राष्ट्रिय

नेतान्याहु पत्नी सारालाई जरीवाना

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा एक अदालतले ५५ हजार सेकल (इजरायली मुद्रा) जरिवाना गर्न आइतबार आदेश दिएको छ। यो जरिवाना रकम १५ हजार दुई सय ७५ अमेरिकी डलर बराबर हो। ‘द जेरुसेलम मेजिस्टे«ट कोर्ट’ ले सारा नेतन्याहुले मुद्दामा दाबी गरिएजस्तो सम्पूर्ण रकम आफ्नो तर्फबाट दुरूपयोग नगरेको भन्दै जरिवाना रकममा पुनर्विचारका लागि अपिल गरेको र यसप्रति अदालतले सहमति दिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

निवासमा खाना बनाउने मानिस नभएको भन्दै रेष्टुरेन्टबाट महँगो खानेकुरा मगाएर खाई सरकारी कोषको हिनामिना गरेको अभियोगमा नेतान्याहु पत्नी सारालाई अदालतले जरिवाना तोकेको हो।

निवासमा खाना बनाउने मानिस नभएको भन्दै रेष्टुरेन्टबाट महँगो खानेकुरा मगाएर खाई सरकारी कोषको हिनामिना गरेको अभियोगमा नेतान्याहु पत्नी सारालाई अदालतले जरिवाना तोकेको हो।    प्रधानमन्त्री पत्नी ६० वर्षीया साराले छलपूर्ण तरिकाले सरकारको रकम हिनामिना गरेको र राज्यलाई विश्वासघात गरेको आरोप पनि लागेको थियो।
सरकारी वकिलले दिएको जानकारीअनुसार प्रधानमन्त्री निवासको नियमप्रति नेतान्याहु पत्नी सारा अनभिज्ञ रहेको र पाहुनाका लागि उनको सहयोगीले खाना मगाएका थिए।
यो मुद्दाका कारण सर्वसाधारण जनताको चासो बढेको र दबाबमा उनीप्रति छानबिन भएको सरकारी वकिलले बताएका छन्।
प्रधानमन्त्री नेतन्याहुमाथि पनि केही भ्रष्टाचारसम्बन्धी आारोप लगाइँदै आएको छ तर उनले आफूले कुनै भ्रष्टाचार नगरेको दाबी गर्दै आएका छन्। उनले आफूलाई भ्रष्टाचारसम्बन्धी विषयमा जोडेर वा आफूविरूद्धका अफवाह फैलाएर केही इजरायली सञ्चारमाध्यम तथा राजनीतिक प्रतिद्वन्द्वीले बदनाम गर्न षड्यन्त्र रचिरहेको बताउने गरेका छन्।

प्रकाशित: २ असार २०७६ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App