अन्तर्राष्ट्रिय

न्यूजील्यान्डमा शक्तिशाली भूकम्प

हङकङ– न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ। आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको हो।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो। भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन्। सिन्ह्वा

प्रकाशित: १ असार २०७६ ०९:२० आइतबार

न्यूजील्यान्ड भूकम्प