अन्तर्राष्ट्रिय

मेट्रोमा महिलालाई फ्री नगर्न भन्दै एक इन्जिनियरको मोदीलाई पत्र

दिल्ली - अरविन्द्र केजरीवाल सरकारको महिलाहरुलाई दिल्ली मेट्रो र डिटिसी बसमा भाडा फ्रि गर्ने प्रस्ताव स्विकार नगर्न इन्जिनीयर श्रीधरणले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्।

ई. श्रीधरणले दिल्ली मेट्रो निर्माणमा धेरै समय बिताएका थिए। उनले सन् २०११ मा दिल्ली मेट्रोको म्यानेजिङ डाइरेक्टरबाट अवकास पाएका हुन्।

केहि दिनअघि दिल्लीमा आम आदमी पार्टीको सरकारले महिलाहरुलाई मेट्रो रेल र बसमा यात्रा गर्दा छुट दिने घोषण गरेको थियो।

श्रीधरणले पत्रमा लेखेका छन्– ‘दिल्ली मेट्रो सेवामा केन्द्र सरकार र दिल्ली सरकारको संयुक्त लागानी छ। यसको बारेमा निर्णय लिदा एक पक्षले मात्र कुनै निर्णय लिन सक्दैन। महिलालाई मेट्रो र बसमा निःशुल्क सेवा दिने दिल्ली सरकारको एकल निर्णय चल्दैन्।’

दिल्ली मेट्रोमा महिलालाई भाडा फ्रि गर्दा अन्य शहरबाट पनि यस्ता माग आउने र यो प्रस्ताव कार्यान्वयन भएमा दिल्ली सरकारले वार्षीक रु. १६ सय करोड मेट्रोलाई बुझाउनु पर्ने र यो रकम वार्षीक बढ्दै जाने उनको धारण छ।

‘२३ डिसेम्वर २००२ मा दिल्ली मेट्रोको उद्घाटन गर्दा प्रधानमन्त्री अटल बिहारी वाचपेयी आफै टिकट काटेर यात्रा गरेको जानकारी गराउँदै श्रीधरले महिलालाई भाडा फ्रि भन्दा पनि भाडा बराबरको रकम उनीहरुको खातामा राखिदिन केजरीवाल सरकारलाई सुझाव दिएका छन्।

 

 

प्रकाशित: १ असार २०७६ ०९:०५ आइतबार

मेट्रो दिल्ली_मेट्रो टिकट फ्री