अन्तर्राष्ट्रिय

दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण

त्रिपोली–  संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ।

सो शहरमा दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी रहेको छ। दुई वटा हवाई आक्रमण दक्षिण त्रिपोलीको विमानस्थलनजिकै भएको र तेस्रो दक्षिण त्रिपोलीमा रहेका वादी रबिइ शहरमा भएको सरकारी सुरक्षा अधिकारीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। विमानस्थलनजिकै भएको दुई वटा हवाई आक्रमण अप्रिलको शुरुबाट नै त्रिपोली शहर कब्जा गर्दै आएका खलिफा हफ्तार नेतृत्वको सैनिक अभियान विरुद्ध भएको बताइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) का अनुसार केही समययता जारी झडपमा परी ६ सय ५३ व्यक्तिको मृत्यु हुनुको साथै ३ हजार ५४७ घाइते भएका छन्। रासस

प्रकाशित: २९ जेष्ठ २०७६ ०७:५९ बुधबार

संयुक्त_राष्ट्रसंघ हवार्ई_आक्रमण