अन्तर्राष्ट्रिय

अफगानिस्तानको फराहमा भिडन्त

फराह – अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन्।

प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकु मारिएका हुन्। सैनिक कारबाहीमा अन्य पाँच जना लडाकु घाइते भएका छन्।

सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा सोधिएको एक प्रश्नमा प्रवक्ता मोहिबले सैनिक कारबाही जारी रहने स्पष्ट गरेका छन्।
हिंसाबाट प्रताडित फराह प्रान्तमा तुलनात्मक रूपमा तालिबानी लडाकुको प्रभाव धेरै छ। सो घटनाका बारेमा तालिबानका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

प्रकाशित: २७ जेष्ठ २०७६ ०२:३१ सोमबार

कारबाही. सशस्त्र_तालिबान लडाकु