अन्तर्राष्ट्रिय

जुनमा हुने जि २० सम्मेलनमा राष्ट्रपति नजाने

मेक्सिकोका राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि २० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन्।

आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेसले नजाने घोषणा गरेको समाचारमा जनाइएको छ।

राष्ट्रपति आन्ड्रेस्ले आफूले जि २० सम्मेलनमा भाग नलिने जानकारी गराएको यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
नियमित पत्रकार सम्मेलनका क्रममा उनले आफु सो सम्मेलनमा नजाने र ओसाकामा हुन लागेको सो सम्मेलनमा आफुले मध्यमार्गी सुझाव पठाउने धारणा राखे।

प्रकाशित: २२ जेष्ठ २०७६ १२:०१ बुधबार

मेक्सिको राष्ट्रपति जि_२०_सम्मेलन आन्ड्रेस्_म्यानुएल_लोपेज_आब्राडोर