अन्तर्राष्ट्रिय

१३ जना सवार भारतीय वायुसेनाको विमान सम्पर्कविहिन

१३ जना सवार भारतीय वायु सेनाको एएन–३२ विमान सम्पर्कविहिन भएको छ। सोमबार दिउँसो १२ः २५ बजे असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको विमानसँग दिउँसाे करिब १ बजे अन्तिम सम्पर्क भएकाे थियाे।

विमानमा १३ जना सवार रहेको बताइएको छ। उक्त विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँच जना रहेका थिए। विमानको खोजीकार्य तिव्र पारिएको छ।

प्रकाशित: २० जेष्ठ २०७६ ११:०७ सोमबार

बायुसेना हेलिकप्टर दुर्घटना