अन्तर्राष्ट्रिय

नाकाबन्दीका डिजाइनरलाई मोदीको मन्त्री ‘उपहार’

काठमाडौं– भारतमा नयाँ मन्त्रीको रुपमा पूर्वविदेश सचिव एस जयशंकरले सपथ ग्रहण गरेका छन्। बिहिबार साँझ भारतमा जयशंकरलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सपथ गराएका हुन्।

नेपाल मामलाका जानकारसमेत रहेका जयशंकरलाई भारतले नेपालमाथि लगाएको नाकाबन्दीको मुख्य डिजाइनरको रुपमा समेत चिनिन्छ। तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीको दुत बनेर नेपाल आएका जयशंकर विदेश सचिव थिए। स्मरण रहोस् ०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुअघि जयशंकरले नेपालको संविधान जारी नगर्न चर्को दबाबसमेत दिएका थिए।

प्रकाशित: १६ जेष्ठ २०७६ १४:४८ बिहीबार

भारतीय_मन्त्री एस_जयशंकर नाकाबन्दी