अन्तर्राष्ट्रिय

चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

बेइजिङ– चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ।

स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सवैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ। स्थानीय समयाअनुसार बिहीबार बेलुका ६ः३० मा दुर्घटना भएको यस डुङ्गामा २९ व्यक्ति सवार रहेका बताइएको छ। दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ। रासस

प्रकाशित: १० जेष्ठ २०७६ १२:०८ शुक्रबार

गुइझाओ डुङ्गा_दुर्घटना मृत्यु