अन्तर्राष्ट्रिय

पाँच सुरक्षा अधिकारी र दश तालिबान लडाकू मारिए

काबुल– अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा गएराति रातभर सुरक्षा अधिकारी र तालिबान लडाकू समूहबीच भएको दोहोरो झडपमा परी पाँच सुरक्षा अधिकारीको ज्यान गएको छ।

यस झडपमा परी अन्य दश तालिबान लडाकू मारिएका एक स्थानीय अधिकारीले बिहीबार जानकारीे दिएका छन्। बुधबार अबेर राती शिन्की जिल्लाको सयावारा इलाकामा रहेको प्रहरीचौकीमा सशस्र तालिबान लडाकूले बन्दुक, रकेट र ग्रिनेड आक्रमण गरेकाे जिल्ला प्रमुख अमिर जानले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्।

प्रान्तीय राजधानी कलात सहरको दक्षिणमा पर्ने यस जिल्लामा सुरक्षा अधिकारी र आइएस लडाकू समूहबीच भएको यस झडपमा चार प्रहरी अधिकारी र एक सैनिकको मृत्यु भएको जानले बताए। यस झपडमा परी तीन प्रहरी र १२ तालिबान लडाकू घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ। गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी रहेको छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०९:३३ बिहीबार

अफगानिस्तान तालिबान अाक्रमण