अन्तर्राष्ट्रिय

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

श्रीलंका- श्रीलंकामा सामाजिक संजाल र म्यासेजिङ एपमाथी अस्थायी रुपमा प्रतिवन्ध लगाइएको छ। अघिल्लो महिना इस्टर्न पर्वको समयमा भएको आत्मघाती हमलाको विषयमा सामाजिक सञ्जालमा भएका वादविवादले केहि स्थानमा हिंसात्मकरुप लिएपछि सरकारले फेसबुक, ट्वीटर, ह्वास्एप, भाइबरलगायतका सामाजिक सञ्जालमा अस्थायी प्रतिवन्ध लगाएको हो।

मुस्लिम समुदायले सञ्चालन गरेका पसलहरुमा समेत तोडफोड हुन थालेपछि सरकार सचेत भएको बताइएको छ। क्रिश्चियन समुदाय बाहुल्य चिलवा सहरमा मुस्लिम समुदायको पसलमा ढुंगा मुढा समेत भएको थियो। सामाजिक सञ्जालका पोष्टले हिंसा भड्काएको अधिकारीहरुको बुझाइ छ।

'देशमा शान्ति कामय गर्नको लागि अस्थायीरुपमा सामाजिक सञ्जाल बन्द गरिएको हो', सूचना विभागका प्रमुख नलका कलुवुवाले भनेका छन्।  

'धेरै नहाँस, एक दिन रुने छौं', फेसबुकमा एक मुस्लिम पसलेले कमेन्ट पोष्ट गरेपछि स्थानीय क्रिस्चियन समुदाय क्रुद्व बनेका थिए। फेसबुकमा हिंसा भड्काउने पोष्ट गरेको भन्दै ३८ वर्षिय अब्दुल हमिद मोहम्मदलाई प्रहरीले पक्राउ गरेको छ।

 

प्रकाशित: ३० वैशाख २०७६ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App