अन्तर्राष्ट्रिय

विश्व व्यापार तनाव दिगो विकासका लागि एउटा धक्का: राष्ट्रसङ्घ महासचिव

अहिलेको विश्वमा देखिएको तनावले दिगो विकास लक्ष्यमा एउटा नराम्रो धक्का पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन्।

व्यापार संगठन (डब्लुटिओ) साधारण परिषद्लाई सम्बोधन गर्ने क्रममा शुक्रबार राष्ट्रसङ्घ प्रमुखले भने, “दिगो विकास लक्ष्यका लागि सकारात्मक दवाब सिर्जना गर्ने हाम्रा प्रयासहरूमा अर्थपूर्ण अवरोधहरू देखिएका छन्।”

उनले भने, “विश्वव्यापीकरणले कुनै पनि राज्य, व्यवसाय तथा जनतालाई पहिलेभन्दा पनि बढी एक आपसमा आश्रित बनाएको छ र यसले व्यापक विकास र आर्थिक वृद्धिका अवसरहरूको सिर्जना गरेको छ।”  

“तर विश्वव्यापीकरणले जनताको त्रास र चिन्तामासमेत इन्धन थपिदिएको छ र बहुपक्षक्षीय व्यापारका लागि सार्थक सहयोगलाई गम्भीररूपमा कमजोर बनाएको छ,” गुटेर्रेसले भने।रासस

प्रकाशित: २८ वैशाख २०७६ ०६:५४ शनिबार

तनाव संयुक्त_राष्ट्रसङ्घ एन्टोनियो_गुटेर्रेस