अन्तर्राष्ट्रिय

भुवनेश्वरमा 'फानी'ले १६३ घाइते

भारत– भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन्।

पुरीमा एकसय ६० र  भुवनेश्वरमा तीन जना घाइते भएका छन्।  घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ।

यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन लगायत अरु सबै सञ्चार सम्पर्क अबरुद्ध भएको छ।

उडिसाको पुरी, गान्जाम, कटाक र बालासोरे जिल्लामा करिब १४ लाख १८ हजारलाई फानी प्रभावित स्थानबाट सारी अन्यत्रै लगिएको छ। पुरीमा गत शुक्रबारदेखि फानीको प्रकोप शुरु भएको थियो। एएनआई

प्रकाशित: २५ वैशाख २०७६ ११:०५ बुधबार

सामूद्रिक_आँधी_‘फानी’ भुवनेश्वर घाइते