अन्तर्राष्ट्रिय

लाहौरमा प्रहरीको गाडी लक्षित विस्फोटमा आठ जनाको मृत्यु

काठमाडौं - प्रहरीको गाडीलाई लक्षित विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। पाकिस्तान लाहौरको एक धार्मिक स्थलमा प्रहरीको गाडीलाई लक्षित गरी बुधबार बिहान बम विस्फोट भएको हो।

पाकिस्तानी सञ्चार माध्यमकाअनुसार बिस्फोटबाट प्रहरीको गाडीमा सामान्य क्षति भएको छ। विस्फोटमा सुरक्षा निकायका तीन जनाको पनि मृत्यु भएको छ। कसरी विस्फोट भयो भन्ने बारे यकिन भइनसकेको भएपनि आत्मघाती विस्फोट भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ।

प्रकाशित: २५ वैशाख २०७६ ०५:४४ बुधबार

विस्फोट मृत्यु क्षति