अन्तर्राष्ट्रिय

भारतमा माओवादी आक्रमणमा १६ जना प्रहरीको मृत्यु

नयाँ दिल्ली– महाराष्ट्रको गढचिरौलीमा विद्राेही माओवादीको आक्रमणमा परी १६ जना प्रहरीको मृत्यु भएको छ। भारतीय प्रहरीका अनुसार विस्फोट हुनुभन्दा पहिला सो क्षेत्रमा २५ वटा भन्दा बढी गाडी जलाइएको थियो। मृतक प्रहरीहरु गाडी जलाइएको स्थान निरीक्षण गर्न गइरहेका थिए।

महाराष्ट्रमा गढचिरौली सबैभन्दा बढी माओवादीको प्रभाव क्षेत्र मानिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह लगायतले घटनाको निंदा गर्दै ट्विट गरेका छन्।

माओवादीको गुरिल्ला रणनीतिसँग जुध्न सो क्षेत्रमा विशेष फौजको निर्माण गरिएको थियो। जसमा स्थानीय आदिवासीहरुलाई पनि संलग्न गरिएको थियो। सो फौजलाई सी ६० फोर्सको नामले पनि चिनिन्छ। आक्रमणमा १५० भन्दा बढी नक्सलाइड संलग्न रहेको अनुमान गरिएको छ।

प्रकाशित: १८ वैशाख २०७६ ११:३४ बुधबार

विद्राेही_माओवादी गढचिरौली महाराष्ट्