अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा चार तालिबानी मारिए

हेरात - अफगानिस्तानको हेरात प्रान्तको पश्चिमी क्षेत्रमा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई आक्रमणमा चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन्।

प्रान्तीय प्रहरी प्रमुख अमिनुल्लाह ओमारखिलले चुश्ती शरिफ जिल्लामा मङ्गलबार  गरिएको उक्त कारबाहीमा अरु पनि लडाकू मारिएको हुनसक्ने बताए।

सरकारी फौजमाथि कुनै क्षति नभएको पनि प्रहरी प्रमुख अमिनुल्लाहले जानकारी दिए। उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन। रासस

प्रकाशित: १८ वैशाख २०७६ ०६:०८ बुधबार

अफगानिस्तान हेरात_प्रान्त तालिबानी मृत्यु