अन्तर्राष्ट्रिय

तिब्बती नेता दलाई लामा डिस्चार्ज

नयाँ दिल्ली- लामो समयदेखि अस्पतालमा उपचार गराई रहनु भएका तिब्बतका धार्मिक नेता दलाई लामा निको भएर धर्मशाला फर्किएका छन्। नयाँ दिल्लीस्थित एउटा निजी अस्पतालमा भर्ना भएका लामा शुक्रबार आफ्नै निवासमा फर्किएको उनका सहयोगीहरुले जनाएका छन्। 

छातीमा संक्रमण भएर असहज महसुस गरेपछि यही अप्रिल ७ तारिखका दिन उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट बाहिने क्रममा उनले संचारकर्मीसँग भने, ‘म पूर्ण रुपमा स्वस्थ भएको छु, मलाई अव कुनै रोगको समस्या छैन, विरामी हुन केही समस्या भएको थियो, तर अहिले पुरै स्वस्थ भएको छु।’ 

सन् १९८९ मा नोवेल शान्ति पुरस्कार पाएका लामा लामो समयदेखि भारतमा बस्दै आएका छन्। 

प्रकाशित: १४ वैशाख २०७६ १५:४८ शनिबार

दलाई_लामा तिब्बती_नेता डिस्चार्ज