अन्तर्राष्ट्रिय

श्रीलंकामा शुक्रबार दाेहाेराे भिडन्त : बालबालिकासहित १५ आतंककारीकाे मृत्यु

काठमाडाैं–  गएराति श्रीलंकाली सेना र संदिग्ध इस्लामिक अतिबादी समूहबीच भएकाे भिडन्तमा १५ जना आतंककारीकाे ज्यान गएकाे छ। जसमा ६ जना बालबालिका पनि रहेका छन्।

सेनाले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटसँग आबद्ध रहेको आशंका गरिएका अरु १ सय ४० जनाको खोजी गरिरहेको अवस्थामा आतंककारी समूहबीच शुक्रबार साँझ गोलीबारी भएको थियो।

गत आइतबार इस्टर सन्डे मनाइरहँदा भएको श्रृखंलावद्ध विस्फोटमा परी २ सय ५३ भन्दा धेरैले ज्यान गुमाएका थिए। सोही शोकमा डुबेका बेला फेरि श्रीलंकाको पूर्वाेत्तर अम्बारईमा भएको विस्फोटले स्थानीय त्रसित भएका छन्। त्यहाँ तीन विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। विस्फोट गराउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

घटनास्थलमा सुरक्षाकर्मीले गस्ती तथा खोजी कार्य तीब्र पारेको बीबीसीले जनाएको छ। गत आइतबारको घटनाका मुख्य योजनाकर्ता मानिएका जहरान हाशिमलाई त्यही क्षेत्रको एउटा गाउँमा भेटेको थियो। प्रहरीले अहिलेसम्म सात जनालाई फक्राउ गरी अदालतमा पेस गरेको छ।

प्रकाशित: १४ वैशाख २०७६ ०४:४० शनिबार

श्रीलंका_आक्रमण इस्लामिक_अतिबादी_समूह भिडन्त