अन्तर्राष्ट्रिय

अरुणाचलमा शक्तिशाली भूकम्प

तस्बिरः एजेन्सी

काठमाडौं - भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प गएको छ। भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार बुधबार बिहान १ बजेर ४५ मिनेट जाँदा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। समाचारमा जनाइए अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो। भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन।

बुधबार बिहान नै नेपालमा पनि भूकम्प गएको थियो। धादिङ केन्दैबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित: ११ वैशाख २०७६ ०३:५७ बुधबार

भूकम्प म्याग्निच्युड अरुणाचल