अन्तर्राष्ट्रिय

श्रीलंकामा रातभरका लागि देशव्यापी कर्फ्यू

कोलम्बो- श्रीलङ्कामा आइतबार भएका श्रीङ्खलावद्ध आक्रमणका कारण २०७ जनाको निधन भएपछि यहाँको सरकारले देशभरका आइतबार साँझदेखि लागु हुनेगरी १२ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ।

विस्फोटका कारण देशभर आतङ्क फैलिएपछि श्रीलङ्काको मन्त्रिपरिषद् बैठक बसेको र अवाञ्छित थप घटना हुने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय समयअनुसार आइतबार साँझ छ बजेदेखि सोमबार बिहान छ बजेसम्म निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरिएको सरकारले जनाएको छ।

आइतबार भएका आक्रमणमा करिब ३० जना विदेशी नागरिकसहित २०७ जनाको मृत्यु भएको र ४५० व्यक्ति घाइते भएका प्रहरी प्रवक्ता रूवान गुनशेकराले पुष्टि गरे। उनले दिनभर देशका विभिन्न आठ स्थानमा शक्तिशाली विस्फोट भएका बताए।

प्रहरीका अनुसार छ वटा विष्फोटका घटना आइतबार विहानै भएका थिए भने दुईवटा विष्फोट दिउसोको समयमा भएका थिए। सिन्ह्वा

प्रकाशित: ८ वैशाख २०७६ १६:०५ आइतबार

श्रीलंका श्रीङ्खलाबद्ध_आक्रमण देशव्यापी_कर्फ्यू