अन्तर्राष्ट्रिय

यस वर्षको पुलित्जर पुरस्कार जेलमा रहेका दुई जनाले पाउने

यो वर्षको पुलित्जर पुरस्कार घोषणा भएको छ। जेलमा रहेका दुई जना लेखकलाई यो पुरस्कार दिने घोषणा गरिएको छ।
उनीहरु दुवै ‘-युटर’का पत्रकार हुन्।

उनीहरुले गरेको रिपोर्टिङलाई उत्कृष्ट ठह-याउँदै उक्त पुरस्कार दिने घोषणा गरिएको हो। म्यानमारमा बुद्धिष्ट र म्यानमार सुरक्षा दस्ताले १० जना रोहिंग्याहरुको हत्या गरेको तथ्यलाई उनीहरुले रिपोर्टिङमार्फत सार्वजानिक गरेका थिए।  

पुरस्कार पाउने दुई व्यक्ति, वा लोन र क्यावा सोइ वुद ४ सय ९० दिनदेखि म्यानमारको जेलमा छन्। मृत्युको घटनालाई सार्वजानिक गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ।

उनीहरुलाई २०१७ डिसेम्बरमा पक्राउ गरिएको थियो। पक्राउपछि ७ वर्षका लागि जेल चलान गर्ने निर्णय भएको थियो। देशको सुरक्षामा गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको थियो, उनीहरुलाई।

-युटरका सम्पादक स्टेफन जे एल्डरले ‘अलजजिरा’सँग भनेका छन्, ‘उनीहरु दुवैले यो पुरस्कार पाएको खबर सुन्दा मलाई अत्यधिक खुसी लागेको छ।’    
 

 

प्रकाशित: ३ वैशाख २०७६ ११:०२ मंगलबार

पुलित्जर_पुरस्कार -युटर म्यानमार