अन्तर्राष्ट्रिय

भारतका पूर्व रक्षामन्त्री पर्रिकरको निधन

काठमाडौं– भारतकाे गोवाका मुख्यमन्त्री एवं पूर्व केन्द्रीय रक्षामन्त्री मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको छ। पर्रिकर पछिल्लो एक वर्षयता क्यान्सरबाट पीडित रहेको बीबीसी हिन्दीले जनाएको छ। उनको उपचार अमेरिका र नयाँ दिल्लीस्थित एम्स र मुम्बईको निजी अस्पतालमा चलिरहेको थियो।

पर्रिकरको निधनमा राष्ट्रपति रामनाथ कोविन्द, कांग्रेस अध्यक्ष राहुल गान्धीले ट्वीटरमार्फत शोक व्यक्त गरेका छन्। पर्रिकर नरेन्द्र मोदी नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए। रक्षा मन्त्रीबाट राजीनामा दिएर चौथो पटक १४ मार्च २०१७ मा गोवाको मुख्यमन्त्री चुनिएका थिए।

प्रकाशित: ३ चैत्र २०७५ १४:३४ आइतबार

मनोहर_पर्रिकर भारत