अन्तर्राष्ट्रिय

आलोचनापछि पेरुका प्रधानमन्त्रीले दिए राजीनामा

लिमा - पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा दिएका छन्। मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन्। प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए।

प्रकाशित: २५ फाल्गुन २०७५ १०:०६ शनिबार

पेरु सेजार_भिल्लानुभा राजीनामा