अन्तर्राष्ट्रिय

करोड बढी सिरियन मानवीय सहायताकाे पर्खाइमा

संयुक्त राष्ट्रसंघ – सिरियामा सन् २०१९ मा कम्तीमा एक करोड १७ लाख सिरियाली नागरिकलाई मानवीय सहायता आवश्यक पर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेका एक प्रतिवेदनमा सो जानइएको हो। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् समक्ष पे गरिएको सो प्रतिवेदनमा यसरी मानवीय सहायताको खाँचो पर्नेमा ठूलो संख्यामा महिला र बालबालिका रहेको बताइएको छ। उत्तर पश्चिमी सिरियाका करिब २७ लाख पुरुष, महिला र बालबालिकालाई मानवीय सहायता अत्यावश्यक रहेको राष्ट्रसंघ मानवीय मामिला समन्वयकी निर्देशक रीना गिलानीले बताइन्।

त्यस क्षेत्रका सिरियाली नागरिकलाई अन्य भू–भागको तुलनामा मानवीय सहायताको बढी खाँचो रहेको पाइएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तो सहायताको खाँचो रहेका करिब ४० प्रतिशत बालबालिका विद्यालय जान नपाएको प्रतिवेदनमा उल्लेख छ। करिब २० लाख नागरिकलाई शुद्ध पानीको आवश्यकता रहेको छ। यहाँका नागरिक न्यूनतम आवश्यकताका वस्तुबाट पनि वञ्चित रहेका र उनीहरुका कारण परिस्थिति दिन पर दिन नाजुक बन्दै गएको छ। राष्ट्रसंघ मानवीय मामिला समन्वयकी निर्देशक गिलानीले अवस्था नाजुक रहेकाले सबैले ध्यान दिन आग्रह गरे। सिरियाको उत्तरपश्चिमी क्षेत्र र विशेषगरी इद्लिबका नागरिकको अवस्था अन्यत्रको भन्दा नाजुक रहेको निर्देशक गिलानीको भनाइ छ।

सो क्षेत्रका नागरिक अन्यत्र कतै जान पाउँदैनन् र उनीहरुलाई सैनिक घेराभित्र राखिएको छ तर पनि उनीहरुका लागि दैनिक जीविवकोपार्जनका लागि आवश्यक वस्तु पाउन निकै कठिन छ। रुस र टर्कीसँगको सहमतिपछि टर्कीको सीमा क्षेत्रको केही क्षेत्रमा सैनिक नराख्ने सहमति भएको थियो। त्यस क्षेत्रमा बस्ने नागरिकमा पनि आधारभूत खाद्य तथा अन्य वस्तुको खाँचो रहेको पाइएको छ। सो क्षेत्रमा सैन्य गतिविधिहरु सञ्चालन नभए पनि स्थानीय नागरिकहरु त्यहाँबाट विस्थापित हुने क्रम रोकिएको छैन। हजारौंको संख्यामा त्यहाँका नागरिक विस्थापित भएर अन्यत्रै गएको समाचारहरुमा बताइएको छ। उनीहरु विस्थापित हुनुको कारण सुरक्षाभन्दा पनि आधारभूत अवाश्यकता परिपूर्ति नहुनुलाई लिइएको अधिकारवादीले बताएका छन्।

प्रकाशित: १७ फाल्गुन २०७५ ०४:४८ शुक्रबार

सिरिया मानवीय सहायता