अन्तर्राष्ट्रिय

पाकिस्तानकाे नियन्त्रणमा रहेका भारतीय पाइलट शुक्रबार रिहा हुने

काठमाडाैं - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्ने बताएका छन्। संसदको संयुक्त सत्रलाई बिहीबार संबोधन गर्दै खानले शुक्रबार पाइलटलाई रिहा गरिने बताए।

उनले यसलाई पाकिस्तानको कमजोरी नठान्न पनि भारतलाई चेतावनी दिए। 'हामी यो भन्दा अघि कुनै द्वन्द्व चाहँदैनौं। यसबारे मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत कुरा गरेको छु। तर, यसलाई पाकिस्तानको कमजोरी नठान्न चेतावनी  समेत दिन्छु।', उनले भने।

पाकिस्तान र भारतीय वायु सेनाबीच नियन्त्रण रेखा नजिक भएका संघर्षका क्रममा पाकिस्तानले मिग २१ लडाकु जहाज खसाई पाइलट अभिनन्दनलाई आफ्नो नियन्त्रणमा लिएको थियो। यसअघि पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले पाइलटको रिहाईले भारतसँगको तनाव कम हुने भए आफु यो निर्णयमा विचार गर्न तयार रहेको बताएका थिए। 

 

प्रकाशित: १६ फाल्गुन २०७५ ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App