अन्तर्राष्ट्रिय

चीन–अमेरिकाबीचको वार्ता आगामी हप्ता

बेइजिङ- बेइजिङमा जारी चीन–अमेरिका व्यापार वार्ता आगामी हप्ता वासिङ्टनमा हुनेगरी टुङ्गिएको चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार बताएका छन्। 

व्यापार वार्ताका लागि दुई पक्षबीच पुनः आगामी साता वासिङ्टनमा भेट हुनेछ, सीले अमेरिकी तथा चिनियाँ वार्ता टोलीका उच्च प्रतिनिधिसँगको भेटमा बताए। 

वार्ताका लागि अमेरिकी टोली बेइजिङ आएको र दुई दिन लामो वार्ता विवादका केही बिषयमा छलफल गरी टुङ्गिएको छ। यस पहिले चिनियाँ टोली अमेरिका पुगी विवाद समाधान प्रयास गरेको थियो। वासिङ्टनमा भएको वार्ता सकारात्मक भएको भन्दै दुई देशका उच्च नेताले यस अघि प्रतिक्रिया दिएका थिए। 

उनले भने, “मैले विश्वास गरेको छु दुवै समूहले कडा मेहनत गर्नेछ साथै व्यापारबारे देखिएका असमझदारीलाई आपसी लाभ र दुवै मुलुकको जीत हुने सहमतिमा पु-याउनेछ।” सिन्ह्वा

प्रकाशित: ४ फाल्गुन २०७५ ०३:२५ शनिबार

चीन अमेरिका व्यापार_वार्ता वासिङ्टन