अन्तर्राष्ट्रिय

ट्रम्पले फेब्रअरी २७ र २८ मा किमलाई भियतनाममा भेट्ने

फाइल तस्बिर

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनाममा फ्रेवअरी २७ र २८ मा दोस्रो भेटवार्ता हुने भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार भेटवार्ताबारे जानकारी दिएका हुन। ट्रम्पले स्टेट अफ दी युनियनलाई सम्बोधन गदै भने “उत्तर कोरियालाई शान्तीको बाटोमा ल्याउन धेरै गर्न वाँकी रहेको तर प्योङ्गयाङगलाई न्यूक्लियर परिक्षणलाई रोक्ने कार्यको प्रगति भइरहेको छ।” 

ट्रम्पले अगाडी भने “यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए अहिले उत्तर कोरियासँग युद्ध भइरहेको हुन्थ्यो।” साथै किम सङ्ग आफ्नो राम्रो सम्बन्ध रहेको ट्रम्पले दाबी गरे। 

ट्रम्प र किमबीच गत जुन १२ मा सिङगापुरमा पहिलो भेटवार्ता भएको थियो। ट्रम्प दोस्रो भेटवार्ताको लागि निकै हतारिएका र उत्सुक रहेको सम्बोधनमा भनेका थिए। साथै यही भेटवार्ताबाट उत्तर कोरियाको न्यूक्लियर कार्यक्रमलाई रोक्न पुरा पहल गर्ने समेत ट्रम्पको योजना रहेको छ, जुन अमेरिकाको लागि चुनौतीको रुपमा रहेको छ। भियतनाम कम्युनिष्ट शासित देश हो र जसको सम्बन्ध अमेरिका तथा उत्तर कोरिया दुवैसँग राम्रो रहेको छ।

प्रकाशित: २३ माघ २०७५ ०५:५९ बुधबार

डोनाल्ड_ट्रम्प किम_जोङ_उन भेटवार्ता भियतनाम