अन्तर्राष्ट्रिय

ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठानेपछि...

काठमाडाै‌ – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई बताएका छन। 

ट्रम्पका सल्लाहकारले दक्षीण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन कि ? भन्दै प्रश्न गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइमसंग खुलासा गरेका हुन् । नेपाल एक स्वतन्त्र देश हो भन्ने थाहा पाएपछि ट्रम्पले भुटानको नक्सा हेर्दै यो भारतको अंग थियो की भनि प्रश्न गरेका थिए। 

सन् २०१७ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको बैठक अघि अधिकारीहरुसंगको ब्रिफिङ्मा ट्रम्पले नेपाललाई निप्पल र भुटानलाई बुट्टोन भनि गलत उच्चारण गरेको पोलिटिको म्यागेजिनले जनाएको थियो । ट्रम्प गुप्चर निकायसंग असन्तुष्ट रहेको अमेरिकी संचारमाध्यमले जनाएका छन्।

प्रकाशित: २० माघ २०७५ ०५:४२ आइतबार

डोनाल्ड_ट्रम्प नेपाल भुटान भारत टाइम_म्यागजिन