अन्तर्राष्ट्रिय

भारतका पूर्व रक्षामन्त्री फर्नानडिजको निधन

काठमाडाैँ - भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नानडिजको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा दिल्लीको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कर्नाटकमा उनका भाइ माइकल फर्नाडीसले जर्ज फर्नानडिजको निधन भएको बीबीसीलाई बताए।

माइकलले भने,‘ जर्ज फर्नानडिजलाई स्वाइन फ्लु भएको थियो, उनको स्वास्थ्य आवस्थमा सुधार आइरहेको थियो,तर आज बिहान ६ बजे उनको स्वास्थ्य अवस्थामा खराबी आएपछि दिल्लीको एक अस्पतालमा भर्ना गरिएछि उनकाे उपचारकाे क्रम निधन भएको हो।'

राष्ट्रिय स्तरमा जर्ज फर्नानडिजको सबै भन्दा पहिला सन् १९६७ मा चर्चा भएको थियो। जब उनले मुम्बइ दक्षिण लोकसभा सीटमा काँग्रेसका उम्मेद्वार नेता एसके पाटिललाई पराजित गरेका  थिए। त्यही समयदेखि उनको नाम ‘जार्ज द जायंट किलर’ राखिएको थियो। तत्कालीन समयमा जार्ज फर्नाडिस मुम्बाई म्युनिसिपिल काउन्सिलमा काउन्सेलर थिए।

प्रकाशित: १५ माघ २०७५ ०५:५४ मंगलबार

भारत पूर्व_रक्षामन्त्री जर्ज_फर्नानडिज निधन