अन्तर्राष्ट्रिय

अफगानिस्तानमा मृत्यु हुनेको संख्या ४५ पुग्यो

काबुल– अफगानिस्तानमा सोमबारको तालिबानी हमलामा परी कम्तिमा ४५ जनाको ज्यान गएको अधिकारीहरुले वताएका छन्। अफगानिस्तानको पूर्वी प्रान्तस्थित सैनिक क्याम्प नजिकै भएको उक्त हमलामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक जवान रहेको उनीहरुले पुष्टि गरेका छन्।

मृत्यु हुनेहरुको संख्या बढ्दै गएकोले यहाँको स्थिति चिन्ताजनक र डरलाग्दो रहेको मेडन वर्दक प्रान्तका काउन्सील सदस्य खवानिन् सुल्तानले अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई भनेका छन्। मेडन वर्दक प्रान्त काबुलभन्दा ठिक बाहिर रहेको र जहाँ सरकार समर्थित सैनिकहरुको तालिम केन्द्र समेत रहेको छ।

सुल्तानीका अनुसार आत्मघाती हमलाकारीहरु समानहरुले भरिभराउ भएको सवारीलाई जबरजस्ती बिल्डिङभित्र छिराएका थिए। त्यसको लगत्तै चार जना हमलाकरीले गोली अन्धाधुन्द गोली चलाएका थिए। गोली चलाउने सवै मारिएको अफगानी अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: ८ माघ २०७५ ०८:२१ मंगलबार

अफगानिस्तान तालिबानी_हमला