अन्तर्राष्ट्रिय

बंगलादेशमा तेस्रो पटक शेख हसिनाको पार्टी विजयी

ढाका- बंगलादेशको चुनावमा लगातार तेस्रो पटक शेख हसिनाको पार्टीले विजय प्राप्त गरेको छ। बंगलादेशको चुनाव आयोगका अनुसार हसिनाको सत्तारुढ पार्टी अवामी लीगले ३ सय ५० संसदीय सीटमा २ सय ८१ सीट प्राप्त गरेको छ। यस अघिको चुनावमा भन्दा यो पटक पार्टीले अधिक सीटमा विजय निकालेको हो। हसिना सन् २००९ देखि प्रधानमन्त्री छन्।

बंगलादेशका विपक्षी पार्टीले आम चुनावको विरोध गरेकाछन्। उनीहरुले यसलाई हाँस्यासपद भनेका छन्। विपक्षी दलले पुन मतदानको माग गरेका छन्। विपक्षी दलले कुल सात सीटमा जित निकालेका छन्। विपक्षी दल बीएनपी प्रमुख वेगम खालिदा जियाले चुनावमा भाग लिन पाएकी थिइनन्। उनी भ्रष्टाचारको आरोपमा जेलमा छन्।

विपक्षी नेता कमाल हुसेनले चुनाव आयोगलाई हास्यासपद नतिजाको अमान्य घोषणा गर्न माग गरेका छन्।

आइतबार भएको मतदानमा सत्तारुढ दल र विपक्षीबीच झडप हुँदा १७ जनाको मृत्यु भएको छ।

प्रकाशित: १६ पुस २०७५ ०२:५१ सोमबार

बंगलादेश चुनाव