अन्तर्राष्ट्रिय

भारतमा मेट्राे भित्रै आगलागी

तस्बिर : एजेन्सी

काेलकाता - भारतको कोलकातामा मेट्रो भित्र आगलागी भएको छ। आगलागीका कारण दर्जन बढी यात्रु धुँवाका कारण विरामी भएका छन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको भारतीय अधिकारीहरुले बताएका छन्। समयमै आगो निभाइएका कारण मानवीय क्षति भने हुन पाएन।

कोलकातामा रहेको रबीन्द्र सदन र मैदान स्टेशनको बीचभागमा पर्ने स्थानमा आगलागी भएको हो। आगो लागेपछि मेट्रो कर्मचारीहरुले पानीका माध्ययमद्वारा आगो निभाएका थिए। आगलागीका कारण विरामी हुनेमा केही वरिष्ठ अधिकारीहरु समेत रहेका भारतीय सञ्चार माध्ययमले जानकारी दिएका छन्।

 

प्रकाशित: १२ पुस २०७५ १३:४१ बिहीबार

भारत कोलकाता मेट्रो आगलागी