इन्डोनेशिया - इन्डोनेशियामा शनिबार राति आएको सुनामीले ठूलाे संख्यमा मनावीय क्षति हुनुको साथै भौतिक विनास समेत भएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुनामीमा परी अहिले सम्म ४३ जनाको ज्यान गएको छ भने ६ सय भन्दाबढी घाइते भएका छन्।
राहत र उद्धारका लागि प्रहरी, सेना तथा मनावअधिकारकर्मीहरु जुटेका छन्। रिपोर्टका अनुसार सुनामी स्थानीय समयअनुसार राति साढे ९ बजे आएको हो।
इन्डोनेसियाका राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुतपाओले सुनामीमा परी ४३ जनाको ज्यान गएको पुष्टि गरे। उनले भने,‘सुनामी आउँनु भन्दा अगाडी समुद्रको तटमा भौगोलिक कम्पन भएको थियो।’ सुनामीले सबैभन्दा धेरै पांडेलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा क्षति पुर्याएको सरकारी अधिकारीहरुले बताएका छन्।
इन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा सुनामी आएको हो ।
प्रकाशित: ८ पुस २०७५ ०५:१८ आइतबार