अन्तर्राष्ट्रिय

रुसका एक प्रहरीले गरे ५६ जनाको हत्या

मस्को - रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ। यसअघि पनि उनले करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा उनलार्इ जन्म कैदको सजाय सुनाइसकिएको छ। उनी हाल जेलमा नै रहेका छन्।

ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो। उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन्। रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकाेमा दोषी ठहर गरेको जनाइएको छ। 

प्रकाशित: २४ मंसिर २०७५ ०७:३५ सोमबार

रुस हत्या